सिटिजन्स बैंकद्वारा सम्पूर्ण कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2020 | 05:08:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । बैंकले आफ्ना स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका आउटसोर्स कर्मचारी गरि करिव १५०० जनाको बीमा गराएको हो ।   

नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा बीमा गरिएको बैंकले जनाएको छ। यस संगै  बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने छ ।  

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तर्गत कोषमा ७ लाखका दरले ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्म कुल ५५ लाखको सहयोग गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved