राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्गसमा ए प्लस पायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 05:45:48 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्गस नेपालले गरेको रेटिङ्गसमा ए प्लस प्राप्त गरेको छ । 

केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकले गत आर्थिक वर्ष २०७५।०७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको बैंकले जनाएको छ । त्यस्तै  आर्थिक बर्ष २०७४।०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको जनइएको छ ।  

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved