एनआईसी एशिया बैंकले ल्यायो घर, सवारी र व्यवसाय कर्जाको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 03:40:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा ल्याएको छ । बैंकले बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको हो । 

योजना अन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउने र ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको जनाएको छ ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहाने ग्राहकले योजनाको लाभ लिन सक्नेछन् । त्यस्तै न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्षसम्म कर्जाको समयावधि कायम गरेको तथा अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको बैंकले जानकारी दिएको छ ।

 जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरेको बैंले जनाएको छ । बैंकका अनुसार घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरीजम लिन सकिने र उक्त मोराटोरीजम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ ।

यस्तै, बैंकले यस बाहेक फ्लेक्जीबर इएमआइमार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने इएमआइ वार्षिक रुपमा आफैले निर्धारण गरेर भुक्तानी गर्न सक्ने जनाएको छ । उक्त योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डर अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको जनाइएको छ । 

यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेकोले बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्ने बैंकले जनाएको छ । योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरेको बैंकले जनाएको छ । 

त्यस्तै, बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने र यस्तो कर्जा सीमा अधिकतम १ करोडसम्म निर्धारण गरिएको बैंकले जनाएको छ । उक्त योजनाबाट विषम परिस्थितिमा समेत लगानीको बातावरण बनाउन थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले जनाएको छ । 

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved