नबिलले ल्यायो कर्जाका ४ योजना, ८ प्रतिशत ब्याजमा घर कर्जा, व्यवसायीलाई ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 07:05:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले ७.९९ प्रतिशतमा घर कर्जा दिने भएको छ । बैंकले “३६औँ वार्षिकोत्सव ”को अवसरमा घर कर्जा सहितका विभिन्न योजना ल्याएको हो  । बैंकले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।

योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने जनाएको छ । जस अन्तर्गत ७.९९ प्रतिशतमा घर कर्जा, साना तथा मझौला कर्जा, ८.४९ प्रतिशतमा धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त योजना बैंकका सबै शाखामाबाट लिन सकिने छ । उक्त योजनाले रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने विश्वास गरेको बैंकले जनाएको छ । बैंकले ११८ शाखा, १७५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved