शेयर खरिद प्रयोजनको लागि जति पनि कर्जा पाइन्छ : राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 11:11:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रयोजन खुलाएमा जति पनि शेयर धितो कर्जा लिन सकिने जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि जारी गरेको निर्देशनमा केहि अन्योलता भएपछि यसबारे प्रष्ट पारेको हो । 

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले शेयर किन्ने प्रयोजनको लागि भने प्रयोजन खुलाएमा जति पनि कर्जा लिन सकिने र त्यसमा सीमा नतोकिएको बताएका हुन् । शेयर धितो राखेर अरु प्रयोजनको लागि पनि कर्जा लिईने गरिएकोमा शेयर खरिद कै लागि भनी प्रयोजन खुलाएमा केहि बाधा नपर्ने उनले बताएका हुन् । 

राष्ट्र बैंकले सोमबार निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा (ओभरड्राफ्ट),  धितो कर्जा , सम्पत्ति कर्जा , व्यक्तिगत आवधिक कर्जा र सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जाहरुमा सिलिङ तोकेको हो । यो प्रकृतिको कर्जाहरु अब एक व्यक्तिले ५० लाख भन्दा  बढी लिन पाउने छैनन् ।   राष्ट्र बैंकले सोमबार निर्देशन जारि गर्दै यस्तो ब्यबस्था गरेको हो । यदि सो सीमा भन्दा बढी कर्जा प्रवाह भएको खण्डमा ०७९ असार मसान्तभित्र क्रमिक रुपमा तोकिएको सीमाभित्र ल्याइसक्नु पर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । 

तर, बैंक तथा वित्तीय संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न, र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न भने व्यवस्थाले रोक्ने छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved