माछापुच्छ्रे बैंकमा चिकित्सक संघका कर्मचारीलाई सहुलियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 06:36:23 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले नेपाल चिकित्सक संघका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुविधामा सहुलियत दिने भएको छ । बैंक र संघबीच बुधबार भएको सम्झौता अनुसार सदस्यहरुले सहुलियत पाउने भएका हुन् । 

सम्झौतामा संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झाता अनुसार बैंकले संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघसंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधामा सहुलियत प्रदान गर्नेछ ।

बैंकले हाल १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु र १ हजार भन्दा बढी पिओएस मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved