२२ प्रतिशतले नाफा घटेको बैंक अफ काठमाण्डूको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 08:24:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 आर्थिक वर्ष ७६/७७ मा बैंक अफ काठमांडू Bank of Kathmandu Limited को खुद नाफा २२.२१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७५/७६ मा बैंकले १ अर्ब ८९ करोड नाफा कमाएकोमा गत वर्ष बैंकको नाफा घटेर १ अर्ब ४७ करोडमा सिमित भएको हो । बैंकले प्रोभिजनको लागि ५३ करोड ७६ लाख छुट्याएपछि बैंकको नाफा घटेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८८ करोड ७ लाख रहेको छ । यस हिसाबमा  बैंकले ९.७० प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ ।

यस अवधिमा बैंकको संचालन मुनाफा पनि घटेको छ । बैंकको संचालन मुनाफा २२.९४ प्रतिशतले घटेर २ अर्ब ११ करोड कायम भएको छ । बैंकको निक्षेप ११.३४ प्रतिशतले बढेर ९२ अर्ब १० करोड पुगेको छ भने कर्जा प्रवाह ७.७२ प्रतिशतले बढेर ७५ अर्ब ९१ अर्ब पुगेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२१ प्रतिशतले घटेर ३ अर्ब ५८ करोड पुगेको छ । 

त्यस्तै बैंकको खराब कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रहेको छ भने रिजर्भमा ५ अर्ब ७६ करोड रहेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्द्नै १७.२६, प्रति शेयर नेट वर्थ १६७.४४, मूल्य आम्दानी अनुपात १२.६९ गुणा,  बेस रेट ८.७१ प्रतिशत, कोषको लागत ६.७१ प्रतिशत, सिसिडि ७०.९१, र पुँजी पर्याप्तता अनुपात १४.०९ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved