नबिल बैंक Nabil Bank Limited ले लगानीकर्ताले ५ वर्ष भन्दा पुरानो लाभांश लिन आउँन आगह गरेको छ । बैंकले आर्थिक वर्ष २०७०/७१ को नगद लाभांश कतिपय लगानीकर्ताले लिन बाँकि रहेकोले लाभांश लिन आउँन आग्रह गरेको हो ।
लाभांश लिन बाँकि रहेका शेयरधनीले बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ । १ महिना भित्र लाभांश नलिए सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।