कञ्चनलाई गाभेर एनएमबिको एकीकृत वित्तीय कारोवार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 08:50:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि आज भाद्र ७ बाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १४.४५ अर्ब तथा जगेडा कोषको आकार ७.३५ अर्व पुगेको छ ।

प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड÷मुख्य कार्यालय साविक कै बबरमहल काठमाडौंमा रहेको छ । कञ्चनलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । 

 एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुने बैंकले विश्वास व्यक्त गरेको छ ।  

बैंकमा  Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V (एफ.एम.ओ.), कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफ.एम.ओ. सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु¥याएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले २०१७ र २०१८ मा लगातार बैंक बैंक अफ द ईयर  पुरस्कृत पाएको थियो   । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved