अनलाईनबाटै कनेक्ट आईपीएससँग खाता लिंक गर्न सकिने सुविधा थप बैंक तथा वित्तीय संस्थामा विस्तार भएको छ । नेपाल बाङ्गलादेश बैंकबाट सुरु भएको यो सुविधा हाल मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको हो ।
छिट्टै नै अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने एनसीएचएलले जनाएको छ ।
यस व्यवस्थासँगै ग्राहकहरुले अन्लाईनबाटै कनेक्ट आईपीएसमा आफ्नो खाता भेरीफाई गराउन सक्ने र बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको अन्त्य भएको बैंकले छ । यसको लागि ग्राहकले कनेक्ट आईपीएस भित्र रहेको लिंक एकाउन्ट क्लिक गरी सेल्फ भेरिफाई बटममा थिचेर खाता भेरिफाई गर्नु पर्ने छ । यस प्रकृयामा ग्राहकको विवरण, वान टाइम पासवर्ड र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अन्लाईन भेरीफाई हुने व्यवस्था रहेको बैंकले जनाएको छ ।