नबिल बैंकमा फोनबाटै ऋण लिने सुविधा, कर्जाको लागि धितो नचाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 10:17:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा सुरु गरेकोे छ । बैंकले तलबी खाताबाहक ग्राहकलाई एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको हो । 

बैंककाअनुसार यसरी ऋण लिन बैंकको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ । बैंकले फिसफ्ट इंटरनेशनलसंगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो।

ग्राहकले निवेदन दिएको केही मिनेटमै ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराउने बैंकका संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । 

यो ऋण लिन ग्राहकले बैंकको शाखा पुग्नु पर्ने छैन । त्यस्तै, ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै स्माट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । यसरी सम्पूर्ण प्रक्रिया पूरा भएपछी बैंकले ऋण प्रवाह गर्नेछ । यो लोन ऋण कुनै धितोको आवश्यकता पर्ने छैन । 

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा तुरुन्त ऋण प्राप्त गर्न सकिने बताए । उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय होबैंकले १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ।'  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved