प्रभु बैंक Prabhu Bank Limited ले थप शाखा विस्तार गरेको छ । बैंकले सोमबार आफ्नो २१० औँ शाखा रोल्पाको लिवाङमा विस्तार गरेको हो ।
सो शाखाको उद्घाटन रोल्पा नगरपालिका मेयर पुर्ण के.सीले गरेका हुन् । उक्त शाखाबाट लिवाङका स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायी फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने बैंकले दावी गरेको छ ।
बैंकले २१० वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा दिदै आइरहेको छ ।