मेगा बैंकले सुरु गर्यो 'ट्याप एण्ड पे' सेवा, कार्ड नघोटी भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 11:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले नेपाल लिमिटेड Mega Bank Nepal Limited ले सम्पर्क रहित भुक्तानी सेवा शुरू गरेको छ। विकसित प्रविधिहरुलाई आत्मसाथ गर्दै ग्राहकलाई नवीनतम सेवा सुविधा दिने क्रममा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ। 

'नियर फिल्ड कम्युनिकेशन' (एनएफसी) मा आधारित सम्पर्क रहित भुक्तानी भनेको ट्याप गरि भुक्तानी गर्ने प्रणाली हो। अर्थात कार्डहरु कहीं कतै सम्मिलित नगरी बीना कुनै सम्पर्क वा कहीं कतै प्रविष्ट वा नघोटि पीओएस मेसिन वा कार्ड रिडरमा 'ट्याप' गरेर भुक्तानी गर्ने सेवा हो। 

यस सेवा मार्फत ग्राहकले बीना कुनै सम्पर्क वा कहिँ कतै सम्मिलित नगरी कार्ड रिडर मा कार्ड ट्याप गरेर भुक्तानी गर्न सक्नेछन् भने ट्रेन वा बसको टिकटको भुक्तानी गर्नलाई पनि यसको प्रयोग गर्न सक्नेछन्। 

'ईएमभी' चिपकार्डका लागि मेगा बैंकको थ्रीडी सिक्योर सर्भिसले पहिले नै महत्त्वपूर्ण भूमिका खेलिसकेकोले 'ट्याप एण्ड पे' सुविधाले भुक्तानी सेवालाई थप सुरक्षा प्रदान गर्ने बैंकका सीईओ अनुपम खुन्जेलीको भनाई छ। 

'मेगा बैंकले ल्याएको कार्ड र पीओएस टर्मिनल मार्फत सम्पर्क रहित भुक्तान प्रणाली नविन डिजिटल बैंकिङको लागि सबैभन्दा ठूलो संकेत हो' सीईओ खुन्जेलीले भनिन्, 'यस प्रणालीले नेपाल सरकारले लिएको नगदविहिन लेनदेनलाई प्रोत्साहित गरि नविन डिजिटल बैंकिङको लागि ग्राहकलाई उत्साहित बनाएको छ। '

नेपालमा यस किसिमको सुविधा नौलो भएपनि छिमेकी देश भारत लगायतका धेरै देशहरुमा कार्ड ट्याप गरि भुक्तानी गर्ने सुविधालाई सामान्यरुपमा लिइने गरिन्छ। सामान्यतया यस प्रकारको कार्ड बस तथा ट्रेनको टिकटको भुक्तानी गर्न तथा अन्य ठाउँहरुमा कार्ड प्रविष्ट नगरी वा कार्ड नघोटी भुक्तानी गर्नलाई यसको प्रयोग गर्ने गरिन्छ। केन्द्रीय बैंक नियम अनुसार, सम्पर्क रहित भुक्तानी प्रविधि अर्थात कार्ड नघोटी २००० रुपैयाँ सम्मको भुक्तानी गर्न सकिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved