अबदेखि इन्टर बैंक एटिएममा शुल्क लाग्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 03, 2020 | 08:59:13 PM मा प्रकाशित

चाडपर्व र कोभिड १९ को बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले निशुल्क गरिएको इन्टर बैंक  एटिएम सेवा अब फेरी शशुल्क हुने भएको छ। नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समिक्षा जारी गर्दै अबदेखि इन्टर बैंक एटिएम सेवा शशुल्क हुने जानकारी दिएको हो। 

मौद्रिक नीतिको समिक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था उल्लेख छ। 

चाडपर्व तथा कोभिड १९ को बेला ग्राहकलाई सहजता दिने उदेश्यले विद्युतीय कारोबार निशुल्क गरीएपनि एटिएम सेवामा बिकृति बढेकाले शशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। 

आफ्नै ग्राहकलाई शुल्क लिन नपाइने तर अन्य बैंकको ग्राहकसंग निश्चित रकमसम्म निशुल्क र त्यो भन्दा माथि शशुल्क हुने गरि नयाँ निर्देशन आउने राष्ट्र  बैंक स्रोतले जनाएको छ। 

एटिएम सेवा निशुल्क गरीएपछि केहि बैंकहरुले मर्मत सम्भारको बहानाबाजी गरेर एटिएम सेवा नै बन्द गरेको पाईएकाले शशुल्क गर्नुपर्ने बाध्यता आईलागेको स्रोतको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved