नविनतम व्यवसायलाई निशुल्क तालिम सहित सहुलियत ब्याजदरमा कर्जा

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Dec 09, 2020 | 04:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सुरु भएको छ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक Rastriya Banijya Bank  र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् । 

काठमाडौंमा बुधवार कार्यक्रमको उद्घाटन डिजिटल प्रविधिमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन् । 

उद्घाटन मन्तब्य राख्दै पुर्व प्रधानमन्त्री नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनको भनाई थियो । 

आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गरिने छ । उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालिम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गर्ने जनाइएको छ । 

कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताए । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे । नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले  त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए । 

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालिम प्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved