जेसिबीका इक्युपमेन्ट किन्दा माछापुच्छ्रेले सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 05:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  र एमएडब्ल्यु अर्थमोभर्सका ग्राहकले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिद गर्दा सहुलियत दरमा कर्जा पाउने भएका छन् । बैंक र कम्पनीबीच मंगलबार भएको सम्झौता अनुसार ग्राहकले यस्तो कर्जा पाउने भएका हुन् । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कम्पनीका अध्यक्ष बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकले देशभर रहेका आप्mना शाखाकार्यालयहरु मार्फत र कम्पनीका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 

बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved