ग्लोबल आइएमई बैंकका थप २ शाखारहित बैंकिङ्ग सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 03:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले एकैदिन दुई वटा शाखारहित बैंकिङ्ग सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४१ पुगेको छ ।

बैंकले बर्दियाको राजापुर नगरपलिका ४, राजापुर बजारमा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन नगरपलिका ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्तरुमा गरेका हुन् । उक्त शाखा रहित बैंकिङ्ग सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल टे«डर्सलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ । 

यसैगरी बाग्लुङ्गको काठेखोला गाँउपालिका ८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राज भण्डारीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेललाई नियुक्त गरिएको जनाइएको छ ।

बैंकले २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७एक्सटेन्सन काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved