हिमालयन बैंकद्वारा अस्पताललाई ३५ लाखको मेसिन प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 01:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  ले आँखा अस्पताललाई फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको हो । 

उक्त अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ । 

आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो मेसिन हस्तान्तरण गरेको जनाएको छ । हस्तान्तरण कार्यक्रममा बंैकका संचालक सुनिल बहादुर थापाको पनि उपस्थिति रहेको थियोे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved