रक्तदान कार्यक्रम गर्दै मनायो सिद्धार्थ बैंकले १८औं वार्षिकोत्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 06:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले १८ वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीयएवं अन्यविभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगती हासिल गरेको जनाएको छ । 

स्थापनाको १८औं बार्षिकोत्सवको अवसरमा बैंकले देशभरका १४ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस्तै बैंकले क्यास ब्याक योजनाहरुसमेत सार्वजनिक गरेको छ । जस अनुसार कार्डमार्फत भुक्तानी गर्दा निश्चित रकम फिर्ता प्राप्त गर्न सकिने छ । 

बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८७ करोड सहितकुल सम्पत्ति १६ अर्ब रुपैयाँ रहेको छ । बैंकले १५७ अर्ब निक्षेप संकलन गरी १३६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ । देशभरका १८८ शाखाएवं सेवा केन्द्रमार्फत १० लाखभन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ । 

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतममहत्वदिंदै सुरक्षिततवरले आधुनिक सूचनाप्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाताखोल्न सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरुको सरल एवं ग्राहक मैत्री सेवाप्रवाह गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved