बैंक अफ काठमाण्डू र सेलपेबीच भुक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 03:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू  Bank of Kathmandu Limited र  भुक्तानी सेवा प्रदायक सेलपेबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू लिमिटेड खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भी हरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।

सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । 

बैंकले ९१ शाखा, ७८ एटीएम र १० एक्सटेंशन काउंटर मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved