सिप्रदीबाट गाडी किन्दा हिमालयन बैंकले ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 04:13:05 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बाट सवारी खरिद गर्दा कर्जा दिने भएको छ । बैंक र सिप्रदी ट्रेडिङ्गबीच भएको सम्झौता अनुसार सिप्रदीका ग्राहकहरुले सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहुलियत दरमा  सवारी साधन कर्जा प्राप्त गर्न सक्ने भएका छन् । 

पौष २८ गतेबाट लागु भईसकेको उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् । 

यो सुविधा बैंकका ७० वटै शाखाबाट प्राप्त गर्न सकिने बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved