
 2mb (1).gif)
आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैक लि. र बतास अर्गनाईजेशन अन्र्तगत रहेको ईष्टर्न एजेन्सी प्रा. लि. विच फाइनान्स सम्झौता भएको छ ।
सम्झौतामा हिमालयन बैंक लि. का तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाह तथा ईस्टर्न एजेन्सीको तर्फबाट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरे।
आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने ब्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको बतास अर्गनाईजेशनका प्रबन्ध सन्चालक शान्त राज बतासले जानकारी दिए। उनकाअनुसार अधिकतम ५ वर्ष सम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपालअधिराज्य भरी रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्नेछन् ।
ईन्टर्न एजेन्सी प्रा. लि.आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु विक्री गर्ने नेपालको आधिकारीक विक्रेता हो । साथै आयसर ब्राण्डका सवारी साधन खरिद गर्न नेपालको पुर्वमा विर्तामोड देखि पश्चिममा धनगढी सम्म २० भन्दा बढि शाखा तथा आधिकारी विक्रेताहरु रहेका छन ।
ग्राहकहरुले ईस्टर्न एजेन्सीको जुनसुकै शाखाहरुबाट सवारी साधन खरिद गर्दा पनि यो सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। हाल नेपालमा आयसर ब्राण्डका करिव विस हजार सवारी साधनहरु गुडीरहेका छन भने सवारी साधनमा लाग्ने पार्टसहरुका लागि दुई सय भन्दा बढी पार्टसका विक्रेताहरु रहेका छन ।