रामेछापको गेलु र भुजिमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 10:31:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले रामेछापको मन्थली नगरपालिका वडा नं. ११ गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको छ । 

गेलुस्थित शाखारहित बैंकिङ सेवाको मन्थली नगरपालिकाकी उप–प्रमुख माया कुमारी कार्की र भुजिस्थित शाखारहित बैंकिङ सेवाको उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रुद्रमणी नेवारले उद्घाटन गरेका हुन् । 

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन् । 

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved