
 2mb (1).gif)
हिमालयन बैंकले मोबाईल बैंकिङ्ग सेवाबाटसरकारको राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । बैंकले माघ १९ गतेबाट यो सेवा सुरु गरेसँगै अब बैंकका ग्राहकले सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । मोबाईल बैंकिङ्गको NPI मार्फत सरकारी राजस्व भुक्तानीको व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक बनेको छ ।
बैंकले मोबाईल बैंकिङ्गबाट Connect IPS मार्फत रियल टाइम अनलाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ । अब NPI मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा सहज हुने बैंकको विश्वास छ । ग्राहकहरुले सम्बन्धित राजस्वको EBP No. का आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम NPI मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ ।
हिमालयन बैंकले हाल ७० शाखा, ४ एक्स्टेन्सन काउन्टरहरु, १४६ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।