स्याङ्जाको हेलुमा सनराइजको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 05:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंक Sunrise Bank Limited  ले स्याङ्गजाको पुतलीबजार नगरपालिका वडा नं. ११, हेलुमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७१ पुगेको छ । 

पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेले उक्त शाखाको उद्घाटन गरे । भिरकोट नगरपालिका ७ का वडा अध्यक्ष शेषकान्त अर्याल, भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद कोईरालासमेतको उपस्थितीमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरिएको बैंकले जनाएको छ ।

बैंकले हाल १३९ वटा शाखा, ७१ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved