नेपाल एसबिआई बैंक Nepal Investment Bank Limited का ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग गरे वापत विभिन्न सेवामा छुट प्राप्त गर्न सक्ने छन् ।