निफ्रा र नगरपालिका संघबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 06:36:38 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल नगरपालिका संघ, काठमाण्डौं र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच  सार्वजनिक निजी साझेदारी एवं निजी क्षेत्रको सहभागितामा  पूर्वाधारका परियोजना निर्माण, लगानी एवं संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

नगरपालिकाको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक बृद्धिलाई सहयोग पुर्‍याउन पूर्वाधार लगानीमा पर्याप्त बृद्धि हुनु पर्ने आवश्यकतालाई ध्यानमा राखी नगरपालिका अन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्न र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण (Market Sounding) र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग गर्न सम्झौता भएको हो  । 

सम्झौता अनुसार  बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गरिने छ । 

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नगरपालिका संघ सँगको सहकार्यलाई अझ प्रगाढ बनाउदै आगामी दिनमा मुलुकका अन्य निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved