काठमाडौँका विभिन्न स्थानमा रहेका ३५ रोपनी जग्गा बिक्रि गर्दै सिटिजन्स बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 09:06:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले काठमाडौँमा आफ्नो नाममा रहेको ३५ रोपनी बढी जग्गा बिक्रि गर्ने भएको छ । बैंकले काठमाडौँ जिल्लाका विभिन्न ठाउँमा अवस्थित १८ वटा कित्तामा रहेका ३५ रोपनी २ आना जग्गा लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो । 

बैंकले साविकको नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सको नाममा  तथा आफ्नो नाममा रहेका यी जग्गा बिक्रि गर्न लागेको हो । बैंकले त्यस फाइनान्सलाई ७ वर्ष अगाडी नै प्राप्ति गरेको थियो । 

बैंकले ति जग्गा तथा त्यस जग्गामा भएको सम्पतिहरु जे जस्तो अवस्था छन् , सोहि अवस्थामा नै बिक्रि गर्न लागेको हो । बैंकले जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संघ, संस्थालाई ७ दिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले आठौ दिनमा बोलपत्र खोलिने गरिने जनाएको छ । बैंकले शिलबन्दी बोलपत्र पेश गर्दा आफुले कबुल गरेको रकामको १० प्रतिशतले हुने रकम धरौटी वापत राख्नु पर्ने उल्लेख गरेको छ । 

कुन कुन जग्गा बिक्रिमा ?

काठमाडौँ जिल्ला साल्खा गाविस वडा नम्बर ८ स्थित कित्ता नम्बर ७६ को ९ आना ३ पैसा, कित्ता नम्बर २९८ को १ रोपनी, कित्ता नम्बर ३०० को १ रोपनी, कित्ता नम्बर १२४ को १ रोपनी, कित्ता नम्बर १२५ को ८ आना, कित्ता नम्बर १३२ को १ रोपनी, र कित्ता नम्बर १२१ को १ रोपनी ।

त्यस्तै काठमाडौँ जिल्ला सुन्टोल गाविस वडा नम्बर ८ को कित्ता नम्बर ९९ को ६ आना, कित्ता नम्बर १०२ को १० आना, र कित्ता नम्बर १०१ को १ रोपनी ।

त्यस्तै काठमाडौँ जिल्ला फर्पिंग भीमसेन स्थानमा गाविसको वडा नम्बर ६ स्थित कित्ता नम्बर १०२ को १ रोपनी २ आना । 

त्यस्तै काठमाडौँ जिल्ला लप्सीफेदी गाविस वडा नम्बर ८ को कित्ता नम्बर १४१ को ३ रोपनी ७ रोपनी ७ आना, कित्ता नम्बर १४२ को  ३ रोपनी ७ आना, २ पैसा, कित्ता नम्बर १४३ को ३ रोपनी ७ आना, २ पैसा, कित्ता नम्बर १४४ को ३ रोपनी ७ आना, २ पैसा, कित्ता नम्बर १४५ को ३ रोपनी ७ आना, २ पैसा, र लप्सीफेदी गाविस वडा नम्बर ६ स्थिति कित्ता नम्बर ३२० को ८ रोपनी १० आना ।

बैंकले यी जग्गा हेर्न चाहेनेलाई बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved