एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 06:46:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल एभरेष्ट बैंक Everest Bank Limited  को प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । यससंगै उनी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति हुने पहिलो नेपाली नागरिक छन् 

बैंकमा  स्थापनाकालदेखि नै भारतीय नागरिक सीइओ हुदै आएका थिए। बैंकमा भारतको पन्जाब नेशनल बैंकको २० प्रतिशत लगानी छ । सोहि कारण पन्जाब नेशनल बैंकले नै एभरेस्ट बैंकमा अध्यक्ष पठाउदै आएको थियो । 

हाल बैंकमा  गजेन्द्रकुमार नेगी सीइओ छन्। ४ वर्षको लागि सीइओ भएका उनलाई १७ महिनामै हटाईएको हो ।

सीइओमा नियुक्त भएका खालिङ यस अघि सिटिजन्स बैंकमा संचालक थिए । उनले संचालक पदबाट राजिनामा दिईसकेका छन् । त्यसअघि उनी लक्ष्मी बैंकको सीइओ थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved