वाणिज्य बैंकद्धारा नेपाल प्रहरी अस्पताललाई क्युआर कोड र पिओएस मसिन प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 05:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई क्यु आर कोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई मेसिन  हस्तान्तरण गरेका हुन् । 

यस संगै  प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा क्यु आर कोड र पिओएस मेसिनको माध्यमबाट विद्युतीय भुक्तानी गर्न सक्नेछन् ।

कार्यकममा बोल्दै श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने कुरामा जोड दिए । समारोहमा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धि पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरेका छन्  ।

बि.स. २०४० सालबाट शुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved