नबिलका सीईओले जिते मेगाका सञ्चालक विरुद्दको मुद्दा, क्षतिपूर्तिसहित २ करोड पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 03:11:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited का प्रमुख कार्यकारी अधिकृति (सीईओ) अनिलकेशरी शाहले १ करोड रुपैयाँको मुद्दा जितेका छन् । मेगा बैंक स्थापना गर्दा सञ्चालक दुमनसिंह थापा क्षेत्रीलाई २०६६ साल माघ २८ गते करारनामा गरेर दिएको पैसा फिर्ता नभएपछि सीईओ शाहले थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । 

शाहले २०७७ असार ६ गते करार उल्लंघन गरेको भन्दै क्षतिपूर्ती दाबीसहित दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशसले शाहको पक्षमा फैसला सुनाएको हो । 

मेगा बैंक स्थापना गर्दा थापाले शाहसँग १ करोड लिएका थिए । थापाले शाहबाट १ लाख कित्ता शेयरवापत हुन आउने १ करोड रुपैयाँ १ लाख कित्ता शेयरको लागि लगानी गरेवापत हुने आय आर्जन, लाभांश, बोनस शेयर लगायतको आम्दानीसमेत खरिद गरेको शेयरकै अनुपातमा फिर्ता गर्ने गरी करार गरेरै लगेका थिए । तर, करार पालना नगरेपछि शाह अदालत गएका थिए । 

करार अनुसार १ लाख कित्ता शेयरमा भएको लगानीका लागि बैंकले दिएको १८ हजार ५४४ कित्ता बोनश शेयर र ४४ हजार १५७ कित्ता साधारण शेयर शाहले पाउनुपर्ने थियो । उक्त शेयर संस्थापक शेयर एक लाख १८ हजार ५४४ कित्ताको प्रचलित मूल्य प्रतिकित्ता १०८ का दरले १ करोड २८ लाख २ हजार १०८ र साधारण शेयर ४४ हजार १५४ को १९९ को प्रचलिन मूल्य अनुसार ८७ लाख ८७ हजार २१५ गरेर कुल २ करोड १५ लाख ८९ हजार ९३३ तथा आ.व. २०७४÷७५ को नगद लाभांश ११ लाख १४ हजार ५०२ रुपैयाँसमेत गरी कुल २ करोड २७ लाख ४ हजार ४९५ पाउनुपर्ने माग शाहले गरेको थिए । अदालतले अनिलकेशरी शाहकै माग अनुसार हालको धितोपत्र बजार मूल्य बराबरको रकम क्षतिपूूर्ति दिनुपर्ने ठहरसहित २०७७ फागुन २ गते फैसला गरेको हो । 

अब थापासँग अदालतको फैसला चित्त नबुझे फैसलाको पूर्ण पाठ आएको १ महिनाभित्र पुनरावेदन ज्ँन् सक्ने बाटो छ । यदि त्यसो नगरेमा क्षतिपूर्तिसहितको सवा दुई करोड रुपैयाँ शाहलाई दिनुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved