क्युआर कोडबाटै निगमको टिकट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 05:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्युआर स्क्यान  प्रणाली हिजो देखी शुरू भएको छ । निगमको केन्द्रिय कार्यालयमा भएको समारोहमा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई क्युआर कोड हस्तान्तरण गरि डिजिटल भुक्तानी सेवाको सुरूवात गरेका हुन् । 

कार्यक्रममा बोल्दै निगमका महाप्रबन्धक पौडेलले नेपाल वायुसेवा निगम र नेपाल बैंकबीच आधुनिक प्रविधिमा आधारीत डिजिटल भुक्तानी प्रणाली शुरूवात गरेर नयाँ आयाममा प्रवेश गर्न सकिएको बताए । 

उनले भौतिक प्रणाली भन्दा डिजिटल प्रणालीमा आधारीत भुक्तानीले व्यापकता पाउँदै गएको सन्दर्भ उल्लेख गर्दै नेपाल बैंक सँगको यो प्राविधिक सहकार्यले निगमका यात्रुहरूले घरमै बसी बसी टिकटको भुक्तानी गर्ने थप सुविधा पाउँने जानकारी दिए । 

कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमसँग विगतदेखि नै वित्तिय कारोबारमा सहयोग हुँदै आईरहेकोमा डिजिटल भुक्तानी सेवा क्युआर कोड  को प्रारम्भले थप नयाँ आयाम थपेको बताए । उनले नयाँ प्रविधिको व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्न भएको भन्दै स्तरिय सेवा प्रदान गर्ने र अन्य काममा पनि सहकार्य गर्ने धारणा  व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved