एनसीसी बैंकको नाफा घट्यो, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 11:51:15 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक Nepal Credit & Commerce Bank Limited को खुद नाफा ५.५५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १६ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा घटेर १ अर्ब १० करोडमा झरेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ८७ करोड ९३ लाख रहेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी १३.८६ प्रतिशतले  घटेर २ अर्ब १५ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ३९.८३ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३६.२५ प्रतिशतले बढेर ८८ अर्ब ५९ करोड पुगेको छ । बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट घटेर २.०५ प्रतिशतमा झरेको छ । १० अर्ब ३१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ३ अर्ब ९४ करोड रहेको छ  ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६.६२ बाट घटेर १४.२३ रुपैयाँमा झरेको छ भने प्रति शेयर नेटवर्थ १३८.२७  रुपैयाँ रहेको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved