आरटिजिएस प्रणालीको कारोबार समय परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 09:43:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आरटिजिएस प्रणालीको कारोबारको समय सीमा हेरफेर गरेको छ । जस अनुसार जेठ २५ गते बाट जेठ मसान्तसम्म साताका सबै कारोबार दिनहरुमा आरटिजिएस प्रणलीमा नर्मल विज्नेस डेलागू हुने राष्ट्र बैंकले जनाएको छ । 

यस्तै असार १ गते पश्चात् अर्को सूचना जारी नभएसम्मका लागि साताका सबै कारोबार दिनहरुमा संक्ष्प्ति वोनस डे सञ्चालनमा गरी मनिङ एक्चेन्ज प्रेएड फर कस्टुमर एण्ड इन्टरबैंक पेमेन्ट दिउसो २ बजे सम्म कायम हुने राष्ट्र बैंकले जनाएको छ । 

आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइएको राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।

आरटीजीएस  भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । तत्कालका लागि २ लाखभन्दा माथि र २० लाख रुपैयाँभन्दा कमको भुक्तानीलाई स्वेच्छिक गरिएकको २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्य रुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved