उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 12:05:38 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि आर्थिक सहयोग गर्ने घोषण गरेको छ । बैंकले ६०  मिलियन डलर नेपाली ७ अर्ब २० करोड रूपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो । 

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहूँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ । 

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved