राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 06:01:28 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नवनियुक्त अध्यक्ष पुडासैनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार शपथ लिएका हुन् । बैंक संचालक समितिको आईतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि अध्यक्षको रुपमा रहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

अध्यक्ष पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved