निफ्राको संचालकमा धनीराम शर्मा मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 10:25:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको संचालक पदमा धनीराम शर्मा मनोनित भएका छन् । अर्थ मन्त्रालयका सह सचिव रहेका उनी नेपाल सरकारको प्रतिनिधित्व गर्दै संचालक समितिमा मनोनित भएका हुन् । 

यस अघि नेपाल सरकरको तर्फबाट संचालक रहेका श्रीकृष्ण नेपालको पदावधि समाप्त भएपछि उनको स्थानमा शर्मा मनोनित भएका हुन् । शर्मा हाल अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख छन् ।

हाल बैंकको संचालक समिति अध्यक्ष अनुर्ज अग्रवाल रहेका छन् । उनी विशाल ग्रुपको प्रतिनिधिको रुपमा संचालक समितिमा आएका हुन् । त्यस्तै अन्य संचालकमा धनीराम शर्मा (प्रतिनिध, नेपाल सरकार), चन्द्र ढकाल (प्रतिनिधि, आईएमई ग्रुप) र लालमणि जोशी (प्रतिनिधि, इमार्जीरङ नेपाल ) रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved