सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 04:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।  

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु १,५००÷ सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो  । त्यस्तै क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् रु २,०००÷ सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved