अब एनआईसी एशिया बैंकको एप र वेबसाइटबाट नै आईपिओ भर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 06:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited  ले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एप मार्फत आईपिओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस संगै एनआईसीमा डिम्याट खाता खोलेका, बैंकमा बचत खाता रहेका तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले बैंकको मोबाइल एप मार्फत शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ।

 महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपिओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी  मोबाइल एपबाट नै आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको जनाएको छ । ग्राहकले एप भित्र रहेको एप्लाई शेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्ने छन्। एप्लाई शेयर आइकनमा ट्याप गर्दा त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर क्गदmष्त गरेपश्चात आवेदन पूरा हुने बैंकले जनाएको छ ।

 यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, बैंकले आफ्नो वेबसाइटमा रहेको एप्लाई शेयर आइकनमा क्लिक गरेर पनि आइपिओमा आवेदन दिन सकिने जनाएको छ ।

बैंकले ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved