मौद्रिक नीति सवा ४ बजे सार्वजनिक हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 11:47:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४:१५ बजे चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।  आज शुक्रबार बिहान राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरिसकेको छ ।  

सरकार परिवर्तन भएको र नयाँ सरकारले बजेट परिवर्तन गर्ने तथा सरकारको प्राथमिकता परिवर्तन हुने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको थियो । तर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको र बजेट प्रतिस्थापन विधयेक तयार पारिसकेकोले राष्ट्र बैंकले सोहि अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति आउँन ढिलाई हुने भएकोले राष्ट्र बैंकले यस अघि नै बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्न र साधारणसभा गर्नको लागि सर्कुलर मार्फत बाटो खुला गरिदिईसकेको छ । 

आगामी मौद्रिक नीति व्यवसायीलाई र अन्य कोरोना प्रभावितलाई राहत गरि ल्याउने राष्ट्र बैंकको तयारी छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुँजीबजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved