राष्ट्र बैंकका संचालकद्वारा कानुन विपरित काम, छानविन गर्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 02:55:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्यले कानुन विपरित कार्य गरेको खुलेको छ ।  आज सार्वजनिक गरिन लागेको आर्थिक वर्ष ७८/७९ मौद्रिक नीति सार्वजनिक हुनु अगावै संचालकले यसको विषयवस्तु बारे सुचना चुहाएका हुन्  ।

राष्ट्र बैंकका संचालकको यस्तो कदम नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ । उक्त दफा अनुसार राष्ट्र बैंकका संचालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्नु हुदैन । तर राष्ट्र बैंकले संचालकले आफ्नो पदीय मर्यादा विर्सदै मौद्रिक नीतिको विषयवस्तु नै केहि संचारमाध्यमलाई उपलब्ध गराएका हुन्  । 


यद्यपि राष्ट्र बैंकमा रहेक  कुन संचालकले सूचना चुहाएको भन्ने खुलेको छैन  ।  राष्ट्र बैंकमा  ७ जना संचालक छन्  ।  संचालक समितिमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मध्य कुमार मरासिनी , डेपुटी गभर्नरहरु निलम ढुंगाना र बम बहादुर मिश्र, तथा अन्य सदस्यको रुपमा श्री राम पौडेल, रामजी रेग्मी, र डा. सुवोध कुमार कर्ण रहेका छन्  ।  

सार्वजनिक हुनु अगावै मौद्रिक नीतिको विषयवस्तु लिक गराएको प्रति आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी इम्शनले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ  ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved