नबिल बैंकको दशैं अफर: मुद्दतीमा ९.२६ प्रतिशतसम्म ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 12:36:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको हो ।

यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने  बैंकको उदेश्य रहेको बैंकले उल्लेख गरेको छ । 

बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved