बैंक अफ काठमाण्डूद्वारा ब्रिटिश कलेजमा क्यूआर कोड सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 01:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले ब्रिटिश कलेजमा डिजिटल भुक्तानी सेवा संचालनमा ल्याएको छ । ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाईल बैंकिङ्गमार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन् । 

बैंक अफ काठमाण्डूले पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेकाले छ । 

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved