सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 02:24:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंक Citizens Bank International Limited   र बन्दीपुर तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्र्ट बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्पmत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

 बैंकले १८३ वटा शाखा, ११७ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved