सानिमा बैंकको शाखा विराटनगरको कञ्चनबारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 02:53:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले आज शुक्रबार विराटनगरको कञ्चनबारीमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन्। 

शाखा उद्घाटनपछि मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।   बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्।

बैंकले  देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved