सिटिजन्स बैंकका ग्राहकलाई एभरेष्ट होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 03:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले एभरेष्ट होटेल, बानेश्वरमा छुट पाउने भएका छन् । बैंकका कार्डबाहक ग्राहकले एभरेष्ट होटलमा छुट पाउने भएका हुन् ।

बैंक र होटलबीच भएको समझदारी अनुसार होटेलको सेवा सुविधामा ग्राहकले विशेष छुट पाउने बैंकले जनाएको छ ।

बैंकले हाल डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्पmत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले हाल १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved