सिटिजन्स बैंकका ग्राहकले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 04:34:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited र पक्नाजोल, काठमाण्डौंस्थित लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एवं कर्मचारीहरुले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्पmत डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले हाल १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved