सस्तो ब्याजमा कर्जा चाहनेका लागि खुसिको खबर, बैंकहरुले सार्वजनिक गरे घटेको ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2021 | 07:58:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारसँग प्रत्यक्ष सरोकार राख्ने ब्याजको दर घट्ने संकेत देखिएको छ।  बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुनेगरि घटेको ब्याजदर सार्वजनिक गरेकाले ब्याजदर घट्ने संकेत देखिएको हो। 

सबै बैंकहरुले कात्तिक १ देखि लागू हुने गरि घटेको ब्याजदर सार्वजनिक गर्ने भएकाले बैंकिंङ क्षेत्रमा ब्याजदर फेरी घट्ने संकेत देखिएको हो। अधिकांश बैंकहरुले बचत र निक्षेपमा दिंदै आएको ब्याजको दर यस अगाडीको तुलनामा कम्तिमा १ प्रतिशतले घटाएको उनीहरुले सार्वजनिक गर्ने तयारीमा रहेको ब्याजको दरमा उल्लेख छ। 

बचत, मुद्दती तथा निक्षेपको ब्याज घटेको सानिमा, राष्ट्रिय बाणिज्य बैंक लगायतका बैंक स्रोतले जनाएका छन्। सानिमा बैंकले तिन महिना वा त्यो भन्दा माथिको संस्थागत मुद्दतिमा अधिकतम ब्याज ९।५१ बाट घटाएर ८।५१ कायम गरेको छ। त्यस्तै ब्यक्गित मुद्दतिमा तीन महिनादेखि ६ महिनासम्मको लागि ६.०१ र ६ महिना माथिको लागि ८।०१ प्रतिशत ब्याज कायम गरेको छ। 

त्यस्तै बचतमा पनि अधिकतम ४ प्रतिशत दिने भएको छ भने कर्जामा मा पनि अधिकतम १३ महिनासम्मको लागि १२ प्रतिशत र एवं रितले अवधि अनुसारको दर तय गरेको छ। 

भदौ मसान्तसम्म सानिमा बैंकको आधार दर ६।५३ प्रतिशत रहेको छ। 

त्यस्तै राष्ट्रिय बाणिज्य बैंकले पनि घटेको ब्याजदर सार्वजनिक गरेको छ। 

बैंकहरुले कात्तिक १ देखि लागू हुनेगरि घटेको ब्याजदर सार्वजनिक गरेकाले बचत र मुद्दतीको ब्याज घट्ने देखिएको छ। यस अगाडी सबै बैंकहरुले आफुसंग भएको निक्षेप बचाउनकै लागि भएपनि ब्याजदर बढाएका थिए। जसको प्रत्यक्ष असर सेयरबजारमा समेत परेको थियो। तर बैंकहरुले घटेको ब्याजदर सार्वजनिक गरेकाले यसले सस्तोमा पैसा लिएर कर्जा लगानी गर्न चाहनेहरुलाई खुसि दिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved