बैंक अफ काठमाण्डूको सीईओमा श्रवण लाल मास्के नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 05:55:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डु Bank of Kathmandu Limited ले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ । 

बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो । नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गर्दै आएका थिए । 

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग ३० वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ । 

बैंकका नवनियुक्त सीईओ मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डूलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन भुमिका रहने बताएका छन् । 

बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved