बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको ११.११ योजनामा ३५ सयसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 05:06:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले दराजको ११.११ योजनामा ३५ सयसम्म छुट पाउने भएका छन् ।

अनलाइनमार्फत सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक ग्राहकलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्न यस्तो योजना ल्याएको हो । योजनाअन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३५ सय सम्मको छुट पाउने छन् ।

बैंकको कार्डबाहक ग्राहकले यस योजनाबाट सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम ३० हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम ३५ सयसम्म छुटको पाउने छन् ।

बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved